arrow

करौडौं मूल्यका कार अक्षयको ग्यारेजमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
akshaya-car.jpg

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार महँगो कारका सौखिन छन् । उनको ग्यारेजमा करौडौं मूल्यका सुपर लक्जरी सेडान रोल्स रोयस फ्यान्टमदेखि लिएर बेन्टले, ल्यान्ड रोभर, पोर्श र मर्सिडिज लगायतका लक्जरी कारहरू छन्। 

अक्षयको ग्यारेजमा रहेको रोल्स रोयस फ्यान्टम सबैभन्दा महँगो कार हो, जसको मूल्य १६ करोड नेपाली रुपैयाँभन्दा बढी रहेको बताइएको छ । अक्षय रोल्स रोयस फ्यान्टमसँग धेरै कार्यक्रममा देखिने गरेका छन्।

अक्षयसँग पोर्शको एसयूवी पोर्श कायने पनि छ, जसको मूल्य साढे तीन करोड रुपैयाँ रहेको बताइएको छ। योसँगै उनको ग्यारेजमा रहेको बेन्टले कन्टिनेन्टल फ्लाइङ स्परको मूल्य ५ करोड रुपैयाँभन्दा बढी छ ।

अक्षय कुमारको ग्यारेजमा मर्सिडिज कम्पनीका धेरै कार छन्, जसमा मर्सिडिज जीएलएसको मूल्य दुई करोड रुपैयाँभन्दा बढी छ । योसँगै मर्सिडिजको लक्जरी भ्यान मर्सिडीज भि क्लासको मूल्य १ करोड ११ लाखभन्दा बढी छ । मर्सिडिज जीएल ३५० को मूल्य करिब डेढ करोड रुपैयाँ छ ।

अक्षय कुमारसँग ल्याण्ड रोभर रेन्ज रोभर भोग पनि छ, जसको मूल्य करिब ४ करोड रुपैयाँ छ। अक्षय ओ माई गड-२, हेरा फेरी-३ र बडे मियाँ छोटे मियाँ जस्ता फिल्महरूमा आउँदै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ