arrow

प्रहरीको हात पर्‍यो ठूलो प्रमाण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
salman-khan1.jpg

काठमाडौं । सलमान खानलाई लिएर बाबु सलिम खान चिन्तित छन् । लरेन्स बिश्नोई र गोल्डी ब्रारबाट धम्कीपूर्ण इमेल प्राप्त भएपछि सलिम खान छोरालाई लिएर रातभर निदाउन सकेका छैनन् । 

सलमान खानको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट क्याम्पमा परिणत भएको छ । अपार्टमेन्ट बाहिर अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ। 

अब प्रहरीले यस प्रकरणमा ठूलो प्रमाण पाएको छ । धम्कीपूर्ण ईमेल बेलायतबाट सलमान खानलाई आएको जानकारी प्रहरीले पाएको छ । 

अहिलेसम्मको प्रहरीको अनुसन्धानबाट प्राप्त मेलसँग जोडिएको मोबाइल नम्बर बेलायतको भएको खुलेको छ । 

प्रहरीले अहिले उक्त नम्बर कसको नाममा हो र उनी बेलायतका बासिन्दा हुन् वा होइन भन्ने पत्ता लगाउने प्रयास गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ