arrow

यात्रामा निस्किए मिटरब्याजी पीडित किसान, मन्त्रिपरिषद्मा प्रस्ताव ल्याइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
pm-prachanda-address-2.jpg

काठमाडौं ।   मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले आज मन्त्रिपरिषद्मा कानुन प्रस्ताव ल्याउने तयारी थालेको छ।  प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन सचिवलाई कानुनलाई प्रस्तावको रुपमा आज अपराह्न बस्ने मन्त्रिपरिषद्मा ल्याउन र संसद्मा दर्ता गर्न भनेको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले बताएका छन् ।  

पीडित किसानको समस्या समाधान गर्न गृहमन्त्रालयले कानुन बनाउनका निम्ति मस्यौदा बनाएर कानुन मन्त्रालयमा पठाइसकेक संयोजक शर्माले बताए ।  “आज मात्रै प्रधानमन्त्रीले कानुन सचिवलाई कानुनलाई प्रस्तावको रुपमा आज अपराह्न बस्ने मन्त्रिपरिषद्मा ल्याउन र संसद्मा दर्ता गर्न भनिसक्नुभएको छ । चाँडै नै त्यो  कानुन संसद्मा दर्ता हुन्छ । प्रधानमन्त्री मिटरब्याजी पीडित किसानको समस्या समाधान गर्न गम्भीर हुनुहुन्छ”,  प्रेस संयोजक शर्माले भने । 

 मिटरब्याजी पीडित किसान महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका छन् । उनीहरुको समस्या समाधान गर्न तथा घर फर्किन गृहसचिवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको उनका प्रेस संयोजक शर्माले जानकारी दिए । 

सोही निर्देशनबमोजिम मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले किसानसँग छलफल गरी सरकार कानुन बनाउने काममा लागेको र मिटरब्याजीविरुद्ध सरकारले मुद्दासमेत चलाइरहेको उल्लेख गरे । 

घर फर्किन आवश्यक सहयोग गर्नेसमेत उनले प्रतिबद्धता व्यक्त गरेका छन् । प्रजिअ पाण्डेसँगको छलफलमा पीडित किसानले आफूहरु एउटा अभियानमा भएको र कानुन नबन्दासम्म नफर्कने बताएका छन् ।

सरकारले तीन सय ५० मिटरब्याजीलाई कारबाही गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ