arrow

व्यवसायी सफल भएमात्र समृद्ध नेपाल बन्न सक्छ : मुख्यमन्त्री अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
Khagraj Adhikari.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यवसायीको सफलताले नै सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुर्याउने बताएका छन् ।

पोखरामा होटल पौवाको ११औं शाखा उद्घाटनमा मुख्यमन्त्री अधिकारीले ब्यवसायीहरु सफल भएमात्र समृद्ध नेपाल बन्न सक्ने भन्दै सामुहिक लगानीबाट गरिएको ब्यवसायले देशमा रोजगारी सृजना गर्ने स्पष्ट पारे ।

‘मुलुक राजनीतिक अस्थिरतामा फसेकोकाले युवाहरु विदेश पलायनमा लागेका छन्’, मुख्यमन्त्री अधिकारीले भने, ‘सामुहिक लगानीमा सुरु गरेको व्यवसायले देशमा रोजगारी अवसरसँगै व्यापार व्यवसायले मुलुकको सुखी, नेपाली समृद्ध नेपालमा सहयोग पुग्दछ ।’

पर्यटन व्यवसायी गणेश भट्टराईले राजनैतिक अस्थिरताले अर्थव्यवस्थामा असर परेको बताए । ‘राजनीतिककर्मीहरु देश सञ्चालन भन्दा राजनीतिक भागबन्दामा लाग्दा युवा नागरिकहरुले नेपालमा भविष्य देखेनन्’, भट्टराईले भने, ‘राजनीतिकर्मीहरुले देश सञ्चालनमा ध्यान नदिँदा राजनैतिक अस्थिरताले अर्थ व्यवस्थामा असर परेको छ ।’ 

उनले देशको कठिन परिस्थितिमा पनि व्यवसायमा लगानी गर्नु आफैँमा चुनौतीपूर्ण रहेको बताउँदै धैर्य गरेर अगाडि बढे सफलता प्राप्त गर्ने बताए । 

होटलका निर्देशक विष्णु ज्ञवालीले मिसन एक सयको यात्रामा निरन्तर अघि बढेको होटल पौवाले सातौं वर्षको अन्तरालमा ११औं शाखा पोखरामा सञ्चालन ल्याएको बताए । 

‘सात वर्ष अगाडि रुपन्देहीको सालझण्डीबाट शुरु गरेको एक सय मिसनको यात्रा ११औं शाखाकोरुपमा पोखरामा सञ्चालन गर्न पाउँदा खुशी छौं’, भण्डारीले भने, ‘पाँच प्रदेशमा होटलको शाखा पुर्याएको पौवाले कर्णालीको जुम्लादेखि गण्डकीको पोखरामा आइपुगेका छौं ।’ 

उनका अनुसार १२औं शाखा काठमाडौंमा खोल्ने तयारीसमेत होटल पौवा प्रालिले गरेको छ । करिब १० करोडको लगानीमा पौवा प्रालिले पोखराको लेकसाइडमा शाखा सञ्चालनमा ल्याएको हो । 

होटल पौवा पोखराले आजदेखि तीन दिनसम्म होटलमा स्वाद उत्सवको रुपमा मनाउने भएको छ । स्वाद उत्सवकै क्रममा शनिबार गजलकार थानेश्वर गौतमको एकल साँझसमेत आयोजना गरिएको होटल व्यवस्थापनले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ