arrow

पत्रकारिता नजानेकाले अनलाइन चलाउँदा चुनौती: बालकृष्ण बस्नेत [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
Sequence-09.00_00_10_27.jpg

काठमाडौँ। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन सञ्चार माध्यममा विश्वासनीयता र सन्तुलित बनाउन पत्रकार आचारसंहिता कार्यान्वन गनुपर्ने बताएका छन् ।

आज यहाँ काउन्सिल नेपालले नियमित रुपमा सञ्चालन गर्दै आएको अभिमुखीकरणको २२ औँ श्रृङ्खलामा उहाँले नयाँ दर्ता भएका अनलाइन सञ्चार माध्यमका सञ्चालक र सम्पादकलाई विश्वासनिय, सन्तुलित र खोजमुलक समाचार सामग्री प्रकाशन गर्न सुझाब दिएका हुन् ।

उनले भने, “अनलाइन सञ्चार माध्यम विश्वासनीय र सन्तुलित बन्न सकेका छैनन । अनलाईन सञ्चार माध्यमको सङ्ख्या वृद्धि भएको छ । तर स्रोत,साधन र व्यवस्थापनमा अभाब कायम छ ।”

अध्यक्ष बस्नेतका अनुसार पत्रकारिता अध्ययन गरेका भन्दा बाहिरका व्यक्तिहरुले आमसञ्चारमाध्यमको सञ्चालनमा आबद्ध हुने क्रम बढेको हो । त्यसकारण पनि पत्रकार आचारसंहिता र निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम आवश्यक भएको उनको भनाइ छ ।

“परिचयपत्र पाइन्छ, ज्याकेट लगाउन पाइन्छ, पहुँच बन्छ भन्ने हिसाबले पनि सञ्चार माध्यम दर्ता गर्नेको भिड देखिन्छ । त्यस्ता सञ्चार माध्यमका सञ्चालक शुरुमा धेरै उत्साहि हुने तर काम गर्दै जादा झारा टार्ने प्रवृति र हुबहु सार्ने प्रवृति देखिएको छ,” उनले भने । उनले गुणस्तरीय पत्रकारीता गर्न सहभागिलाई सुझाब दिए ।

आचारसंहिता अभिमुखिकरण कार्यक्रममा प्रशिक्षक पत्रकार सुरेशप्रसाद आचार्यले पत्रकारिता अनुभव नभएका व्यक्तिलाई अनलाइन सञ्चार माध्यम सञ्चालन चुनौतिपुर्ण भएको बताए । “पत्रकारिता गर्दैगर्दा त्यसको आधारभूत मूल्य मान्यताबारे जानकार हुनुपर्छ । पत्रकारिताको अनुभव र सिपको अभावमा नजानेर पनि गल्ती भैरहेको हुन्छ । धेरै साथीहरु पत्रकारीताको अनुभव बिना आउदा गुणस्तरीय पत्रकारितामा चुनौति थपिएको छ । ”

उनले भने, “ पछिल्लो समय सामाजिक सञ्जालमा हरकोहि पत्रकार जस्ता देखिन्छन । तर आमसञ्चार माध्यममा आउने जोकोहि पत्रकार होइनन । अरुभन्दा फरक हुन, जिम्मेवार, तथ्यपरक र खोजमुलक समाचारका लागि आउने हो । ”

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ