arrow

तीव्र गतिमा फैलँदै कोरोना, परीक्षणको छ प्रतिशतमा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार
corona-virus-covid-19.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिइरहेको छ । आइतबार १६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

२७९ जनाको पीसीआर परीक्षण गरिएकामा ५.७४ प्रतिशतमा कोरोना देखिएको हो । यो निकै नै बढी हो । आज दुई जनामात्र संक्रमण मुक्त भएका छन् । 

हाल सक्रिय संक्रमितको संख्या ४२ पुगिसकेको छ । 

एकैदिन १५ हजार ५५९ जनाले खोप लगाएका छन् । 

निकै बढी संक्रमित भएको अनुमान
मन्त्रालयले नै निकै नै धेरै संक्रमित भएको अनुमान गरेको छ । एक अधिकारीका अनुसार आजकल रुघाखोकी, ज्वरोजस्ता कोरोनाका लक्षण भएका बिरामीहरु अस्पताल गएर परीक्षण गराउनुको सट्टा घरमै आराम गरेर निको पार्न थालेका छन् । 

पछिल्लो समय कोरोनाबाट मृत्यु हुनेको संख्या नभएकाले पनि बेवास्ता गर्ने गरिएको उनको बुझाइ छ । 

मन्त्रालयले पटक पटक सूचना सार्वजनिक गर्दैै बुस्टर डोज लगाउन आग्रह गरिरहेको छ । 

भारतमा पनि कोरोना बढेको र खुला सीमाका कारण आवत जावतमा कडाइ नभएकाले तीव्र गतिमा नेपालमा संक्रमण बढेको बताइएको छ । 

वल्डोमिटर्सका अनुसार भारतमा शनिबार मात्रै एक हजार ८९० जना नयाँ संक्रमित थपिएका छन् । सात जनाको ज्यान गएको छ । हाल त्यहाँ सक्रिय संक्रमितको संख्या नौ हजार ४३३ रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ