arrow

मुख्यमन्त्री अधिकारीलाई थप दुई मन्त्रालय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
khagraj-adhikari-gandaki.jpg

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले थप दुई मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन् ।

माओवादी केन्द्रका दुई मन्त्री सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीलाई ती मन्त्रालयको कार्यभार थपिएको हो ।

मुख्यमन्त्रीले अब भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको समेत कार्यभार सम्हाल्ने गरी जिम्मेवारी हेरफेर भएको प्रदेश प्रमुखको कार्यालयबाट आइतबार जारी सूचनामा उल्लेख छ ।

भौतिक मन्त्रालय माओवादीका हरिबहादुर चुमान र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय रेशम जुग्जालीले सम्हाल्दै आउनुभएको थियो । 

सरकारलाई दिएको समर्थन फिर्ता लिएको सूचना पनि सोही दिन माओवादीले संसद सचिवालयमा दर्ता गराएको छ ।

त्यही दिनबाट अधिकारी सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रको समर्थनमा पुस २५ गते एमालेका अधिकारीको नेतृत्वमा सरकार बनेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ