arrow

अमेरिका–दक्षिणको अभ्यास चलिरहँदा उत्तरबाट एकैदिन दुई वटा क्षेप्यास्त्र प्रहार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
missile1.jpg
तस्बिर – फाइल ।

काठमाडौं । उत्तर कोरियाले सोमबार बिहान फेरि दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास भइरहेको बेला उत्तर कोरियाले सोमबार बिहानै पूर्वी समुद्री तटतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । 

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासवाट आक्रोशित उत्तर कोरियाले जवाफमा सोमबार बिहानै क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । उत्तर कोरियाले गत शुक्रबार मात्रै पानी मुनि प्रहार गर्न सक्ने ड्रोन परीक्षण गरेको जनाएको थियो । त्यसको तीन दिन पछि पुनः अर्को परिक्षण गरेर जवाफ दिएको हो । 

दक्षिण कोरियाली सैन्य प्रमुख र जापानी रक्षा मन्त्रालयले उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र प्रहार पुष्टि गर्दै उसका गतिविधि नजिकबाट नियालेको जनाएका छन् ।

अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूमाथि लक्षित भन्ने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ