arrow

सलमानलाई धम्की दिने राम पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
salman-khan1.jpg
तस्बिर – फाइल ।

मुम्बई । बलिउड अभिनेता सलमान खानलाई ईमेलमार्फत ज्यान मार्ने धम्की दिने एक जना युवा पक्राउ परेका छन् । मुम्बई प्रहरीको एक अपरेशनमाफर्त अभिनेता खानलाई धम्की दिएको आरोपमा जोधपुरबाट २१ वर्षीय राम विश्नोईलाई पक्राउ गरिएको हो । 

मुम्बई प्रहरीले राजस्थान प्रहरीसँग मिलेर गरेको ज्वाइन्ट अपरेसनमार्फत जोधपुरबाट २१ वर्षीय विश्नोई पक्राउ परेका हुन् । मुम्बई प्रहरीको अनुसन्धानपछि आरोपितलाई पञ्जाब प्रहरीसमक्ष सुम्पिदैछ ।

सलमान खानलाई केही दिनअघि इमेलमार्फत उनले धम्की दिएको आरोप छ । ईमेलमा भनिएको थियो– ‘तिम्रो हालत पनि सिद्धू मुसेवालाको जस्तै हुनेछ ।’

सलमानलाई यो धम्की एक साता अघि दिइएको थियो । धम्कीपछि उनको घरको बाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ भने अवस्था ठीक नभएको भन्दै फ्यानहरुलाई नभेट्न पनि प्रहरीले सलमानलाई सुझाव दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ