arrow

अस्पतालमा अख्तियारको छापा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
Gorkha hospital.jpg

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले गोरखा अस्पतालमा छापा मारेको छ ।

अख्तियारमा अस्पतालको विषयमा उजुरी परेपछि छानविन सुरु गरिएको आयोगको क्षेत्रीय कार्यालय पोखराका सूचना अधिकारी जीवनचन्द्र राइले बताए ।

अख्तियारले केही कागजात अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

अस्पतालले खरिद गरेको औषधि, मिति नाघेका औषधि र उपचार सेवाको विषयमा अख्तियारले चासो राखेको थियो ।

केही दिन अघि जिल्ला प्रशासन कार्यालय गोरखाले पनि अस्पतालमा अनुगमन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ