arrow

खानेपानी ट्याङ्कीमा भेटिएको शवको पहिचान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
death photo.jpg

पोखरा । तनहुँस्थित खानेपानी ट्याङ्कीमा भेटिएको शव पोखराकी महिलाको भएको पुष्टि भएको छ ।

शव पोखरा महानगरपालिका वडा नं. ३३ बागमाराकी ४२ वर्षकी शान्ति श्रेष्ठको भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शान्तिका छोरा गणेश श्रेष्ठले शवको पहिचान गरेको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।

श्रेष्ठको म्याग्दे गाउँपालिका वडा नं. ४ मनहरिस्थित खानेपानीको ट्याङ्कीमा भेटिएको थियो । श्रेष्ठ गत फागुन महिनादेखि नै घरबाट हराएकी थिइन् । उनी बेपत्ता भएको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका थिए । 

सोही निवेदनका आधारमा शव भेटिएपछि आफन्तलाई खबर भइ शवको पहिचान खुलेको इन्स्पेक्टर शर्माले बताए ।

घटना शंकास्पद देखिए पनि श्रेष्ठ पानी ट्याङ्कीमा पर्नुको कारण नखुलेको र अनुसन्धान भइरहेको उनले बताए । श्रेष्ठको शव दमौली अस्पतालमा राखिएको छ । 

मनहरि क्षेत्रका १३८ घरधुरीमा वितरण गरिएको धाराबाट आएको पानीमा दुई दिन अघिबाट गन्ध आएपछि उपभोक्ताहरुले समितिमा जानकारी गराएसँगै पानी ट्याङ्कीमा गइ हेर्दा आइतबार बिहान शव भेटिएको थियो ।

‘२/३ दिन अघिदेखि उपभोक्ताहरूबाट पानी गन्हायो भनि गुनासो आएको र बिहान ट्याङ्कीको ढकन खोलेर हेर्दा शव देखिएपछि प्रहरीलाई खबर गरेको उपभोक्ता समितिले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ