arrow

नेपालमा एकैदिन ६९ कोरोना संक्रमित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
corona-virus-covid-19.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी चैते डढेलो झैं फैलिएको छ । सोमबार एकैदिन ६९ जना संक्रमित पाइएका छन् । ४८८ पीसीआर परीक्षणबाट २५ जना र ७७८ एन्टिजेन परीक्षणबाट ४४ जना संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यो संख्या परीक्षणको साढे पाँच प्रतिशतमा पाइएको हो । पीसीआरबाट एकैदिन २५ संक्रमित फेला गरेको यो वर्षकै उच्चमध्येको एक हो । 

योसँगै पीसीआरबाट पाइएका सक्रिय संक्रमित बढेर ६६ पुगेका छन् । एक जनालाई मात्र निको भएको छ । संक्रमित बढेसँगै खोप लगाउनेको संख्या पनि बढ्दै गएको छ । 

सोमबार ३४ हजार ८८१ जनाले खोप लगाएका छन् । 

छिमेकी भारतमा बढेसँगै नेपालमा पनि कोरोनाको संक्रमण तीव्र गतिमा बढेको हो । 

भारतमा सक्रिय संक्रमित दश हजार बढी देखिएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ