arrow

आगलगीमा छ घरगोठ खरानी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
fire-final_1618024271.jpeg

बारा ।  बाराको सिम्रौनगढमा आज बिहान भएको आगलागीबाट छ घरगोठ जलेर खरानी भएका छन् ।   

सिम्रौनगढ नगरपालिका-२ रानीवास बजारमा लागेको आगलागीबाट करिब रु १० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र साहले जानकारी दिए ।

रामप्रित हाजराको  घुरबाट सल्केको  आगोले रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घर-गोठ जलेर नष्ट भएको  वडाध्यक्ष अरबिन्द मुखियाले जानकारी दिए । 

आगोले नगद, अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्री पूर्णरूपमा जलेका छन् । बिहान ३ बजेदेखि लागेको आगो एक घण्टापछि  प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ