arrow

सरकारले मिटरब्याजलाई अपराध मान्ने गरी कानून संशोधन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
pm-office-singha-durbar-ktm-2078.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सरकारले मिटरब्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराध संहितामा संशोधन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी कानूनी दायरामा ल्याउन मुलुकी अपराध संहितामा संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । 

महोत्तरीबाट ११ दिन पैदलै हिँडेर काठमाडौं आएर मिटरब्याज पीडितले सरकारलाई दबाब दिएपछि कानून संशोधनको तयारी भएको हो । 

मन्त्रिपरिषद्को मंगलबारको निर्णयअनुसार कानून संशोधन भएमा मिटरब्याजी साहुकारमाथि अपराधमा अनुसन्धान गरी सरकारले नै मुद्दा चलाउने बाटो खुल्नेछ ।

पछिल्लो समय देवानी संहितामा लेनदेनसम्बन्धी विवादलाई लिखतका आधारमा सिधै अदालतमा मुद्दा दायर गर्न सक्ने व्यवस्था छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ