arrow

मोटरसाइकल दुर्घटनामा फुँयाल दम्पतीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १५ बुधबार
bike-accident.jpg

ललितपुर ।  ललितपुरमा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । उनीहरुकी छोरी गम्भीर भाइते भएकी छिन् ।

ललितपुरको महाङ्काल गाउँपालिका-१ बुखेलस्थित सडकमा बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । 

मृत्यु हुनेमा मोटरसाइकल चालक बागमती गाउँपालिका-७ घर भइ महाङ्काल गाउँपालिका-१ बुखेल बस्ने ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र मोटरसाइकलमा सवार उनकै श्रीमती ३४ वर्षीया सिर्जना फुँयाल रहेका प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिएका छन् ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनीहरुकै छोरी पाँच वर्षीय सिर्जनालाई उपचारका लागि पाटन अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ