arrow

भारत र पाकिस्तान सेनाबीच गोली हानाहान, २ पाकिस्तानी सैनिकको मृत्यु

logo
प्रकाशित २०७३ असोज १३ बिहिबार
India-paka-war-news.jpeg
एजेन्सी । भारत सिमावर्ती क्षेत्र जम्मुकाश्मिरमा बिहीवार भारतीय र पाकिस्तानी सैनिकबीच गोली हानाहान हुँदा कम्तिमा पनि दुई जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ । पाकिस्तानी संचार माध्यमका अनुसार बिहीवार विहान २ः३० बजेबाट सुरु भएको दोहोरो भिडन्त कम्तिमा पनि चार घण्टा सम्म चल्यो । 
 
यता भारतले पनि विहिबारको दोहोरो हमलाबारे पुष्टि गरेको छ । भारतले विहिबारको हमला राष्ट्र रक्षाको लागि गरेको भारतीय सैनिक बल डिजीएमओका लेफ्टेनेन्ट जनरल रनवीर सिंहलाई उदृत गर्दै भारतीय संचार माध्यमहरुले जनाएको छ । 
 
विहिबारको घटनापछि भारतीय संचार माध्यमहरुले सनसनी फैलाईरहेका छन् । १८ जना भारतीय सैनिक मारिने गरी भएको उरी हमलापछि यी दुई मुलुकबीच तनाव बढेको छ । उक्त हमलामा पाकिस्तानको हात रहेको भारतले आरोप लगाउँदै आएपनि पाकिस्तानले भने आरोपको खण्डन गर्दे आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ