arrow

माग अविलम्ब पूरा गर्न सरकारसँग एसको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १५ बुधबार
madhav-nepal-ncp-united-socialist-pen-kalam.jpg

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)ले मिटर ब्याजबाट पीडितको माग अविलम्ब पूरा गर्न सरकारसँग माग गरेको छ । मिटर ब्याजबाट पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै समाजवादीले यस्तो माग गरेको हो ।  

केन्द्रीय कार्यालयमा मंगलबार बसेको  केन्द्रीय सचिवालय बैठकले मिटरब्याजीविरुद्धको आन्दोलनले उठाएको माग अविलम्ब पूरा गर्न र उक्त अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । 

बैठक पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको थियो ।बैठकमा सरकारमा सहभागिताको सम्बन्धमा गठित कार्यदलले सम्पूर्ण कार्य सम्पन्न गरेपछि अन्तिम प्रस्ताव सचिवालयको बैठकमा पेश गर्ने निर्णय गरिएको छ । 

यता सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याजी पीडितका माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । 

मंगलबार बानेश्वरमा पीडितहरूले आयोजना गरेको धर्ना कार्यक्रममा पुगी नेता खनालले भने, “तपाईँहरूका माग जायज छन् । तपाईंहरूमाथि अन्याय भएको छ । यो अन्याय सच्चिनुपर्छ, सरकारले माग पूरा गर्नुपर्छ ।”

नेता खनालले पीडितहरूले चलाएको आन्दोलनलाई आफ्नो पार्टीले समर्थन गर्ने बताउँदै मिटरब्याजीहरूले गर्ने गरेको शोषणलाई सरकारले अविलम्ब रोक्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ