arrow

सत्तारुढ दलको बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १५ बुधबार
10party-meet-12-15.jpg

काठमाडौं । सत्तारूढ दलबीच बालुवाटारमा बैठक जारी छ । मन्त्रालयको भागबण्डा मिलाउन सत्तारूढ दलबीचको बैठक केही समय अघि बालुवाटारमा शुरु भएको हो ।

हिजोको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको थियो । साझा कार्यक्रममा सहमति जुटाएर मन्त्रालय बाँडफाँटको आफ्नो खाका बैठकमा पेस गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तयारी छ ।

मन्त्रिपरिषद् विस्तारमा नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले बढी मन्त्रालय दाबी गरेका छन् । 

बैठकमा सत्ता साझेदार दलमा आबद्ध दलका शीर्ष नेताहरू सहभागी छन्। बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत सहभागी छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ