arrow

राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न राष्ट्रपति पौडेलको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १५ बुधबार
president-poudel-horonary-ambassadors.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग आग्रह गरेका छन् । विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग आज बिहान शीतल निवासमा भएको भेटघाटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएका हुन् । 

वाणिज्यदूतहरुका तर्फबाट दिनेश श्रेष्ठले आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध सुदृढ गर्दै पर्यटन प्रवद्र्धनमा समेत आफूहरुले प्रभावकारी ढंगले काम गर्दै आएको बताए । 

उनीहरुले राष्ट्रपति पदमा निर्वाचित भएकामा राष्ट्रपति रामचन्द्र पौडेललाई हार्दिक बधाइका साथै सफल कार्यकालको शुभकामना दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ