arrow

मिटरब्याज पीडितको न्यायका लागि रुलिङको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १५ बुधबार
prabhu-sah-rautahat-3-ind-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं ।आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले मिटरब्याज पीडितको न्यायका लागि रुलिङ जारी गर्न माग गरेका छन् । 

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा उनले मधेसबाट हिँँडेर न्यायका लागि काठमाडौं आइपुगेका मिटरब्याजी पीडितको न्यायका लागि रुलिङ जारी गर्न सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरेका हुन् । 

सुदखोरबाट पीडित भएकाको न्यायका लागि सरकार गम्भीर हुनुपर्ने भन्दै उनले लघुवित्त र बैंकले जनतमाथि अन्याय गरेकाले गम्भीर हुनुपर्ने बताए । 

बैंकले जनताको पैसा उठाएर जनतामा परिचालन नगर्दा विभिन्न समस्या आइरहेको बताउँदै उनले सुदखोर र लघुवित्तले जनताको जमिन पास गरेर लिएको र अझै ऋण तिरिनसकेको भन्दै मिटरब्याज लिइरहेकाले गम्भीर हुनुपर्ने दोहोर्‍याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ