arrow

चीनको दबाबमा प्रचण्डले अमेरिकी समिटमा भाग नलिने, तत्लो तहका मानिस पठाउने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १५ बुधबार
prachanda-pm-final-always.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको ‘समिट फर डेमोक्रेसी २०२३’ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन नगर्ने भएका छन् । उनले आफूभन्दा तल्लो तहका मानिसलाई पठाउने भएका छन् । 

बुधबार रातिदेखि दुई दिनसम्म चल्ने सम्मेलनमा प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयमार्फत प्रचण्डको सम्बोधनको रेकर्डेड भिडियो पठाइसकेको थियो । उक्त समिटमा त्यसको प्रसारण हुने सचिवालयले जनाएको थियो ।

तर चिनियाँ दबाबपछि प्रचण्डले सम्बोधन नगर्ने परराष्ट्र स्रोतले जनाएको छ । अमेरिकाले यो सम्मेलन कोस्टारिका, नेदरल्याण्डस, दक्षिण कोरिया र जाम्बियासँग मिलेर आयोजना गर्दैछ । 

चीनको दबाबपछि प्रचण्ड पछि हटेका हुन् । चिनियाँ डेब्ट ट्रयाप (ऋणको पासो) मा फसाउने योजना अनुसार नै प्रचण्ड चल्न थालेको आरोपसमेत लाग्न थालेको छ । 

चीनले विभिन्न विकासोन्मुख देशका लागि ऋण मिनाहा गरिदिन्छु तर अमेरिका नजाउ भनेर भन्दै आएको छ । सोही क्रममा दक्षिण एसियाबाट भुटान र पाकिस्तान पनि पछि हटेका छन् । 

गत १५ र १६ माघमा नेपालको दुई दिने भ्रमण गरेकी अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री प्रचण्ड र तत्कालीन परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग समिटमा नेपालबाट उच्चस्तरीय सहभागिताको विषयमा छलफल गरेकी थिइन् ।

त्यसको केही समयपछि काठमाडौंस्थित अमेरिकी राजदूतावासले पनि प्रधानमन्त्री प्रचण्डलाई निम्तो दिएको थियो ।

तर एकाएक अहिले आएर प्रचण्ड पछि हटेका हुन् । यसपटक अमेरिकाले १२० वटा मुलुकलाई समिटमा सहभागी हुन निम्तो दिएको थियो । 

त्यसो त प्रचण्ड चीनले मंगलबारदेखि आयोजना गरेको एसियाली मुलुकहरूको सहभागिता रहेको बोआओ फोरम पनि त्यागे । उक्त फोरममा चीनले नेपाललाई पनि आमन्त्रण गरेको थियो । गत १० फागुनमा नवनियुक्त चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री प्रचण्डलाई भेटेरै निमन्त्रणा गरेका थिए । तर उक्त सम्मेलनमा भने प्रचण्डले सहभागिता जनाएनन् । 

प्रचण्डले पहिलो विदेश भ्रमण भारतमा गर्ने जनाउँदै आएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ