arrow

राष्ट्रपति पौडेलबाट सेतो मत्स्येन्द्रनाथको दर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १५ बुधबार
ramchandra-poudel-seto-matchhendranath.jpg

काठमाडौं । सेतो मत्स्येन्द्रनाथको रथयात्रा असन पुर्याइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले त्यहाँ पुगेर मत्स्येन्द्रनाथको दर्शन गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीको हातबाट प्रसाद ग्रहण गरेका थिए । 

बुधबारबाट शुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा मछिन्द्रबहालदेखि तीनधारा पाठशाला हुँदै जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याइएको थियो ।

त्यस्तै दोस्रो दिन हनुमानढोका र तेस्रो दिन लगनटोल पुर्‍याइने छ। चौथो दिन लगन टोलमा रहेको रुखको परिक्रमा गरी पाँचौ तथा अन्तिम दिन पूर्ण खटमा राखी नगरपरिक्रमा गराएर मन्दिर लग्ने गरिन्छ। योसँगै मत्स्येन्द्रनाथको जात्रा सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ