arrow

बालेनलाई प्रचण्डको जवाफ- गठबन्धन सरकार टिक्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
prachanda-dahal-maoist-manifesto-2079-election.jpg

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू नेतृत्वको गठबन्धन सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्ने बताएका छन् ।

न्यायिक समिति राष्ट्रिय सम्मेलनमा कामपाको प्रमुख बालेन्द्र साहले केन्द्र सरकार लामो समय टिकिरहे स्थानीय तहलाई काम गर्न सजिलो हुने भनेपछि प्रधानमन्त्री दाहालले उक्त जवाफ दिएका छन् ।  

प्रधानमन्त्री दाहालले निर्वाचनपछि लगातार आफ्नै नेतृत्वमा सरकार अगाडि बढिरहेको भन्दै उनले पाँच वर्षसम्म सरकार अस्थिर नहुने प्रष्ट पारे ।  प्रधानमन्त्री दाहालले संविधानले परिकल्पना गरेको समाजवादको आधार तयार पार्ने मुख्य जिम्मेवारी पनि स्थानीय तहको हो भन्दै संविधानको मर्म र भावना अनुरुप समाजवादको आधार तयार पार्नसमेत न्यायिक समितिको महत्त्वपूर्ण भूमिका रहने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ