arrow

अमेरिकासम्म विनाश गर्न सक्ने आणविक हतियार देखायो उत्तर कोरियाले

निःशस्त्रीकरणका लागि प्रयास जारी राख्ने अमेरिकी भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
korea-messile.JPG

काठमाडौं । उत्तर कोरियाले पहिलो पटक विश्वलाई आफ्नो परमाणु हतियार देखाएको छ। अमेरिका-दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासमा अमेरिकी युद्ध पोत  दक्षिण कोरिया पुगेको समय उत्तरले आफ्नो नयाँ आणविक हतियारको भण्डार विश्वसामु प्रस्तुत गरेको हो ।

मंगलबार सरकारी मिडिया एजेन्सी केसीएनएले यी हतियारको तस्बिर सार्वजनिक गरेको छ। उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ आणविक हतियारको निरीक्षण गरेका छन् । किमले शत्रुमाथि काउन्टर अट्याक सञ्चालन गर्न त्यहाँको आणविक हतियार संस्थानको भ्रमण गरेको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

उत्तर कोरियाले आफ्नो आणविक हतियारलाई हवासेन-३१ नाम दिएको छ। उत्तर कोरियाको हतियार साना भए पनि अमेरिका र दक्षिण कोरियामा विनाश मच्चाउन अन्तर महादेशीय ब्यालेस्टिक मिसाइलमा प्रयोग गर्न सकिने परमाणु विज्ञहरूले बताएका छन्।

आणविक हतियारको तस्बिर सार्वजनिक भएपछि ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले उत्तर कोरियासँग आणविक निःशस्त्रीकरणका लागि आफ्नो प्रयास जारी राखेको बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ