arrow

दार्चुलाको व्याँसमा एक पुरुषको शव फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
dead2.jpg

दार्चुला । व्याँस गाउँपालिका-६ बडुगाउँस्थित महाकाली नदी किनारमा एक पुरुषको शव फेला परेको छ । 

बिहीबार बिहान १० बजेतिर बडुगाउँको पुल छेउमा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो । 

शवको पहिचान भने हुन सकेको छैन । उक्त शव महाकाली नदीमा बगेर आएको हुन सक्ने आशङ्का गरिएको छ । 

त्यहाँ अहिले इलाका प्रहरी कार्यालय हुतिबाट प्रहरी टोली खटिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ