arrow

अजयको भोला रिलिजअघि नै लिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
ajaya-bhola.JPG

काठमाडौं । बलिउड अभिनेता अजय देवगन यतिबेला आफ्नो फिल्म भोलाका कारण चर्चामा छन् । आज यो चलचित्र हलमा रिलिज भएको छ । 

फिल्मलाई लिएर फ्यानहरू निकै उत्साही छन् । अजय देवगनको यो फिल्मले ‘दृष्यम २’ को रेकर्ड तोड्ने विश्वास छ । फिल्ममा अजय र तब्बूको जोडी देखिने छ ।

यसैबीच फिल्म रिलिज हुनुअघि नै लिक भएको छ। अजयको यो फिल्म २-३ दिन अगाडि लिक भएको थियो । अहिले मानिसहरूले पूरा फिल्म इन्टरनेटमा आएको दाबी गरिरहेका छन् । 

यसअघि शाहरुख खानको पठान र अक्षय कुमारको सेल्फी पनि लिक भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ