arrow

दसैँ तिहारमा टेलिकमको अफरै अफर

logo
प्रकाशित २०७३ असोज १३ बिहिबार
Nepal_Telecom.jpeg
काठमाडौँ ।  नेपाल टेलिकमले नेपालीहरुको महान पर्व  दसैँ तिहारलाई लक्षित गरि विभनिन्न  अफरहरु ल्याएको छ । टेलिकमले  जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेडका ग्राहकहरुलाई दशैं, तिहार तथा छठको उपलक्ष्यमा डाटा अफर प्रदान गरी त्यसमा  निःशुल्क भ्वाइस तथा एसएमएस समेत उपलब्ध गराउने व्यवस्था गरेको छ । 
 
सो अफर असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म लागु हुनेछ । कम्पनीले  १०० एमबीको डाटा  ५० रुपैँयामा  र २५० एमबीको डाटा १०० रुपैयामा उपलब्ध गराउनेछ  । १०० एमबी डाटाको अवधि ५ दिन र २५० एमबी डाटाको अवधि १० दिन रहनेछ । सो अवधिमा डाटा प्रयोगकर्ताले क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन सक्ने कम्पनीले जनाएको छ। 
 
त्यस्तै टेलिकमले जीएसएम तथा सीडीएमए दुवैमा नाइट डाटा अफर उपलब्ध गराउनेछ । सो अफर राती १० बजे देखि बिहान ६ बजेसम्म लागु हुनेछ । ग्राहकहरुले ४० रुपैयामा ५०० एमबी र  ८५ रुफैयामा १२०० एमबी डाटा प्रयोग गर्न सक्नेछन् । यी डाटा भोल्युमको अवधि  ७ दिन र १५ दिन हुनेछ । नाइट डाटा अफर टेलिकमले असोज १५ देखि ३ महिना सम्म उपलब्ध गराउने छ । 
 
साथै टेलिकमले भ्वाइस कलमा पनि छुटको व्यवस्था गरेको छ । कम्पनिले जीएसएम तथा सीडीएमए मोबाइल सेवा मार्फत कम्पनीकै नेटवर्क भित्र हुने कलमा अहिलेको महसुल दरमा १० प्रतिशत छुट उपलब्ध गराइएको छ । सो अनुसार प्रिपेड मोबाइलबाट प्रति मिनेट  १ रुपैया ३५ पैसा र पोष्टपेड मोबाइलबाट प्रति मिनेट ९० पैसामा कल गर्न सकिने छ । उक्त छुट आगामी असोज २२ देखि असोज २९ गते सम्म र कात्तिक १४ देखि २१ गतेसम्म लागु हुनेछ । 
 
यसैगरि टेलिकमले एसएमएसमा अफर ल्याएको छ ।  टेलिकमले  हाल जीएसएम तथा सीडीएमए मोबाइल सेवामा प्रति एसएमएस शुल्क १ रुपैँयालाई असोज २२ देखि २९ गतेसम्म र कात्तिक १४ देखि २१ गतेसम्म प्रत्येक एसएमएसमा ५० प्रतिशत छुट उपलब्ध गराउने छ ।
 
यसै बीच टेलिकमले स्थानीय टेलिफोनमा थप १०० कल निःशुल्क प्रदान गर्नेछ । टेलिकमले एडिएसएल बाइम्याक्स एफटिटिएच समय थप गर्ने भएको छ । साथै टेलिकमले  जीएसएम प्रिपेड तथा सीडीएमए प्रिपेडमा पिनलेस सिस्टमबाट १०० रुपैया भन्दा माथिको रिचार्जमा १० प्रतिशत टक टाइम बोनस उपलब्ध गराउने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जारी गरेको विज्ञाप्तीमा जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ