arrow

मन्त्रिपरिषद् विस्तार गर्न बालुवाटारमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
gathabandhan-10-parties-गठबन्धन.jpg
तस्बिर – फाइल ।

काठमाडौं । मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । 

बैठकमा मन्त्रालयको  भागबण्डा टुङ्गो लगाउनेबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत, लोसपाका नेता शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतको सहभागिता छ ।

प्रचण्डले आज साँझसम्म जसरी पनि मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए । तर अहिलेसम्म मन्त्रीहरुको टुंगो लागेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ