arrow

आईएमई एजेन्ट्समार्फत नै अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
ime-international-flight.jpeg

काठमाडौं । आईएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार एजेन्टहरुमार्फत अब हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् । 

यस सेवामार्फत देशभरि छरिएर रहेका आईएमईका हजारौँ साझेदार एजेन्ट्सहरुसँग  यात्रुहरुले सुपथ मुल्यमा अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सक्ने आईएमईले जनाएको छ । 

विज्ञप्ति जारी गर्दै आईएई भन्छ, ‘यसको साथै साझेदार मित्रहरुले आफ्नो ‘आइएमई–एजेन्ट पोर्टल’ मार्फत नै अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्य, उडानको तालिका हेर्न तथा तुलना गर्न सक्ने व्यवस्था मिलाइएको छ । यस सेवामार्फत समग्र पर्यटन उद्योगको विकास तथा प्रर्वद्धनमा टेवा पुग्ने विश्वास आईएमई ग्रुपको छ ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ