भारतमा कोरोना : दोस्रो दिन पनि नाघ्यो ३ हजारको आँकडा
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
804
Shares
काठमाडौं । भारतमा पछिल्लो एक सातामा दैनिक संक्रमित हुनेको सङ्ख्या दोब्बरले बढेको छ ।
२४ घण्टामा ३ हजार ९५ जना कोरोना संक्रमित भेटिएका छन् ।नयाँ संक्रमितको सङ्ख्या तीन हजार नाघेको यो दोस्रो दिन हो ।
यसअघि बिहीबार केन्द्रीय स्वास्थ्य मन्त्रालयले विगत ६ महिनामा पहिलो पटक भएको देशमा तीन हजारभन्दा बढी मानिसमा कोरोना सङ्क्रमण देखिएको जानकारी दिएको थियो ।
पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । जसमा गोवा-गुजरात र केरलामा तीन जना संक्रमितको मृत्यु भएको छ।
योसँगै हालसम्म ५ लाख ३० हजार मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन् । भारतमा कूल कोरोना संक्रमितको सङ्ख्या ४ करोड ४७ लाख १५ हजार ७८६ पुगेको छ ।