arrow

शपथ लिए नवनियुक्त मन्त्रीहरुले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
ministries-oath-2079-12-17.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । विस्तार गरिएका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् । प्रचण्डले नेपाली कांग्रेसका ४, नेकपा एकीकृत समाजवादीका २ तथा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाबाट १–१ जना मन्त्री भएका छन् । 

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् । डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छिन् ।

एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् ।

माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् । जसपाबाट अशोक राई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री भएका छन् ।

उपप्रधान मन्त्री नारायणकाजी श्रेष्ठको भने मन्त्रालय फेरिएको छ । उनी भौतिक पूर्वाधारबाट गृह मन्त्रालयमा सरेका छन् । 

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट शरदसिंह भण्डारी श्रम तथा रोजगार मन्त्री भएका छन् । 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएकी छिन् ।

नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन् ।

सबैले शपथ लिएका छन् । 

तर जनमत पार्टी भने सरकारबाट बाहिरिएको छ । खानेपानी मन्त्रीबाट अब्दुल खानले राजीनामा  दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ