arrow

उत्कर्षमा पुग्दै नेपालमा कोरोना, एकैदिन थपिए एक सय ४२ संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
nepal-corona-virus.jpg

काठमाडौं । नेपालमा एकै दिन १४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ७९ को नमूना परीक्षण गर्दा १४२ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर विधिबाट ३८१ र एन्टिजेन विधिबाट ६९८ जनाको परीक्षण गरिएकामा १४२ जना संक्रमित भेटिएका हुन् । तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टिजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पीसीआरबाट परीक्षण गरिएकामध्ये १२ प्रतिशतमा संक्रमण देखिएको हो । 

आरटी पीसीआर विधिबाट मात्र गरिएको परीक्षणका आधारमा देशमा हाल सक्रिय संक्रमितको संख्या १६३ रहेको मन्त्रालयले बताएको छ । 

तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टिजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

शुक्रबार ४ जनामात्र निको भएका छन् । खोप लगाउने क्रम बढेको छ । पछिल्लो २४ घण्टामा ४३ हजार ७२५ जनाले खोप लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ