arrow

बिटबिन उद्योगमा आगलागी; लाखौको क्षती

logo
प्रकाशित २०७२ मंसिर २२ मंगलबार
aaglagi.jpg.jpeg
देवानन्द न्यौपाने, लम्की। कैलालीको लम्की चुहा नगरपालिका–११ मा निर्माणाधिन तारकोल (बिटबिन) उद्योगमा गएराती आगलागी भएको छ । सात करोडको लगानीमा निर्माण भैरहेको एम. एस. ईन्डस्ट्रीजमा आगलागी हुँदा लाखौको क्षती भएको छ । 
 
करिव २ महिना भित्रै उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भैरहेकोमा आगलागीले निर्माण कार्यमा प्रभाव पारेको सञ्चालक सुबोध उप्रेतीले जानकारी दिनुभयो । उनले उद्योगको काम सुचारु गर्न कम्तीमा ६ महिना लाग्न सक्ने बताएका छन । उप्रेतीले आगलागी आफै नभई कसैले लगाएको हुनसक्ने बताएका छन् । 
 
प्रहरीले भने विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान लगाएको छ । इलाका प्रह्री कार्यालय लम्कीका प्रह्री निरिक्षक मदन कुँवरले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने बताएका छन । राती करिव २ बजे तिर भएको आगलागी दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र औद्योगीक सुरक्षा बलको सहयोगवाट निययन्त्रण लिइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ