arrow

चार दलीय गठबन्धनलाई पराजित गर्दै नेवीसंघले गर्‍यो आयुर्वेद क्याम्पसमा क्लिनस्विप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
nsu-kirtipur-campus-nsu-2079.jpg

काठमाडौं । आयुर्वेद क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववीयूको सभापतिमा नेपाल विद्यार्थी संघ (नेवीसंघ) का किरण लम्साल निर्वाचित भएका छन् । क्याम्पसमा शुक्रबार सम्पन्न स्ववीयूको निर्वाचनमा नेवीसंघको पूरै प्यानल नै विजयी भएको छ । 

निर्वाचनमा चार दलीय गठबन्धनका विद्यार्थी संगठनहरु अनेरास्ववीयू, अनेरास्ववीयू क्रान्तिकारी, अनेरास्ववीयू, नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल विद्यार्थी संघबीच प्रतिस्पर्धा भएको थियो । 

कुल खसेको मतमध्ये नेवीसंघका किरण लम्सालले ७४ मत प्राप्त गरेका छन् भने उनका अनेरास्ववीयूबाट प्रविण भुसालले ६६ मत प्राप्त गरेका छन् । नेवीसंघको तर्फबाट सचिवमा प्रेमराज जोशी, कोषाध्यक्षमा प्रतिक्षा दाहाल तथा सदस्यमा सुलभ न्यौपाने, दुर्गा भवानी खड्का र एलिना ओझा निर्वाचित भएका छन् ।  

योसँगै नेपाल विद्यार्थी संघ सबैभन्दा धेरै क्याम्पसमा स्ववीयू जित्ने संगठनका रुपमा पुनः उदाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ