arrow

कोरोनाको संक्रमण दर उच्च, परीक्षणको १३ प्रतिशत संक्रमित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १८ शनिबार
nepal-corona-virus.jpg
तस्बिर – फाइल ।

काठमाडौं । कोरोना भाइरसको महामारी बढ्ने क्रममा रहेको छ । शनिबार ३८ संक्रमित थपिएका छन् । ११८ जनाको पीसीआर परीक्षणमा १५ जना संक्रमित पाइएका छन् । यो परीक्षणको १३ प्रतिशत हो । यो उच्च गतिमा बढिरहेको छ । 

त्यस्तै ५३८ एन्टिजेन परीक्षणबाट २३ संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेनबाट संक्रमित पाइएकाहरुको तथ्याङ्क राख्दैन । मन्त्रालय स्रोतका अनुसार एन्टिजेनको तथ्याङ्क सही पनि आउँदैन । 

जम्मा ७ जना संक्रमणमुक्त भएका छन् । थप ५१ हजार ९९८ जनाले खोप लगाएका छन् । सक्रिय संक्रमितको संख्या १७१ पुगेको छ । 

सरकारले सीमानाकामा कडाइ नगरेका कारण पनि अहिले तीव्र गतिमा संक्रमण फैलिएको छ । भारतमा तीव्र गतिमा संक्रमण फैलिएकाले नेपालमा पनि संक्रमण बढेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ