arrow

अजयको ५४ औँ जन्मदिन

जब काजोलले स्मरणशक्ति गुमाइन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
ajaya-kajol.jpg

काठमाडौं । सन् १९९१ को फूल और कान्टे देखि अभिनेता अजय देवगनको यात्रा दृष्यम २, भोला, मैदान, सिंघम अगेन जस्ता फिल्महरू सँग जारी छ। उनी निजी जेट हुने पहिलो भारतीय सेलिब्रेटी हुन्। उनीसँग भिजुअल इफेक्ट कम्पनी, प्रोडक्सन हाउस र देशभरि धेरै चलचित्र थिएटरहरू छन्।

आज  बलिउड अभिनेता, निर्देशक तथा निर्माता अजयको ५४ औँ जन्मदिन हो । एक समय यस्तो पनि थियो जब उनले म अभिनेता बन्छु भने, नजिकै उभिएका साथीहरू चर्को स्वरमा हाँस्ने गर्थे । सबैले खिल्ली उडाइरहेका थिए कि यो कालो र साधारण देखिने केटा कसरी हिरो बन्छ ? पहिलो फिल्मको सुटिङका ​​बेला उनलाई मिडिया र क्यामेरा मेनले पनि बेवास्ता गरेर नायिकाको पछि दौडेका थिए तर आज अजय उद्योगका सबैभन्दा सफल नायक हुन्। 

५४ वर्षीय अजयको कुल सम्पत्ति करिब ९१५ करोड नेपाली रुपैयाँ छ। उनको कमाइको मुख्य स्रोत फिल्म र ब्रान्ड एन्डोर्समेन्ट हो । 

गंगुबाई र आरआरआरमा केही मिनेटको भूमिकाका लागि मात्रै उनले करोडौँ भारु लिएका थिए, यसबाट फिल्मको कमाइको अनुमान लगाउन सकिन्छ । उनले गंगुबाई काठियावाडीमा आफ्नो क्यामियोको लागि ११ करोड भारु चार्ज गरे र राजामौलीको आरआरआरका लागि २५ करोड रुपैयाँ शुल्क लिइएका थिए। 

अजयले काजोलसँग १९९९ मा विवाह गरेका थिए । अजय र काजोलका दुई सन्तान न्यासा र युग छन् । अजय आफ्नो परिवारसँग मुम्बईको पोश क्षेत्र जुहुमा रहेको बङ्गलामा बस्छन्। चार शयन कक्षको यो बङ्गलामा जिम, स्विमिङ पुल, खेलकुद कोठा, पुस्तकालय र एउटा मिनी थिएटर छ। अजय देवगनाल शिव भक्त हुन्। त्यसैले अभिनेताले आफ्नो मुम्बईको बङ्गलाको नाम ‘शिव शक्ति’ राखेका छन् ।

मिडिया रिपोर्टका अनुसार अजयको यो बङ्गलाको मूल्य करिब ४८ करोड नेपाली रुपैयाँ रहेको छ । यसबाहेक अजयको लण्डनमा बङ्गला पनि छ । लण्डनको पार्कलेनमा रहेको बङ्गलाको मूल्य करिब ८८ करोड नेपाली रुपैयाँ छ ।

विलासी घरमा बस्ने अजयलाई पनि लग्जरी कारको मन छ । अजयले २००६ मा मासेराती क्वाट्रोपोर्ट किनेका थिए । त्यस समय सो कार किन्ने उनी पहिलो भारतीय थिए। सो कारको मूल्य करिब २.८ करोड भारु थियो । यसबाहेक उनीसँग रेन्ज रोभर वोग छ जसको मूल्य २.७ करोड रुपैयाँ छ। उनीसँग मर्सिडिज बेन्ज एस क्लास पनि छ जसको मूल्य १.४ करोड रुपैयाँ छ। यी सबै बाहेक अजयसँग रोल्स रोयस कुलिनन पनि छ। यसको लागत लगभग ६.९५ करोड भारु छ। 

अजयसँग आफ्नै निजी पनि जेट छ। सन् २०१० मा अजयले हकर ८०० नामको जेट किनेका थिए । यो जेटको लागत करिब १३४ करोड नेपाली रुपैयाँ रहेको बताइएको छ । अजय प्रायः यसलाई सुटिङ, प्रमोसन र पारिवारिक यात्राका लागि प्रयोग गर्ने गर्छन्।

फिल्म ‘कुछ कुछ होता है’ को सुटिङका ​​क्रममा काजोल दुर्घटनामा परेकी थिइन् । चोटका कारण काजोलले स्मरण शक्ति गुमाएकी थिइन् । यो देखेर शाहरुख खान र करण जोहरले तुरुन्तै अजयलाई फोन गरेर कुरा गराए ।

अजयको स्वर सुनेपछि काजोललाई होस आयो, उनले त्यसअघि कसैलाई पनि चिनेकी थिइनन् । यो कथा अजय र काजोल आफैँले द कपिल शर्मा शोमा सुनाएका थिए । शाहरुख खान र करण जोहरले पनि यो कथा धेरै पटक उल्लेख गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ