arrow

निजी विमान र लग्जरी कार भएका अजय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
ajaya1.jpg

काठमाडौं । बलिउड अभिनेता, निर्देशक तथा निर्माता अजय देवगनले आज ५४ औँ जन्मदिन माउँदैछन् । ५४ वर्षीय अजयको कुल सम्पत्ति करिब ९१५ करोड नेपाली रुपैयाँ छ। उनको कमाइको मुख्य स्रोत फिल्म र ब्रान्ड एन्डोर्समेन्ट हो । सन् १९९१ को फूल और कान्टे देखि अभिनय सुरु गरेका अजयको यात्रा दृष्यम २, भोला, मैदान, सिंघम अगेन जस्ता फिल्महरू सँग जारी छ। 

अजयसँग आफ्नै निजी पनि जेट छ। उनी निजी जेट हुने पहिलो भारतीय सेलिब्रेटी हुन्। सन् २०१० मा अजयले हकर ८०० नामको जेट किनेका थिए । यो जेटको लागत करिब १३४ करोड नेपाली रुपैयाँ रहेको बताइएको छ । अजय प्रायः यसलाई सुटिङ, प्रमोसन र पारिवारिक यात्राका लागि प्रयोग गर्ने गर्छन्।

विलासी घरमा बस्ने अजयलाई पनि लग्जरी कारको मन छ । अजयले २००६ मा मासेराती क्वाट्रोपोर्ट किनेका थिए । त्यस समय सो कार किन्ने उनी पहिलो भारतीय थिए। सो कारको मूल्य करिब २.८ करोड भारु थियो । यसबाहेक उनीसँग रेन्ज रोभर वोग छ जसको मूल्य २.७ करोड रुपैयाँ छ। उनीसँग मर्सिडिज बेन्ज एस क्लास पनि छ जसको मूल्य १.४ करोड रुपैयाँ छ। यी सबै बाहेक अजयसँग रोल्स रोयस कुलिनन पनि छ। यसको लागत लगभग ६.९५ करोड भारु छ। 

 अजय आफ्नो परिवारसँग मुम्बईको पोश क्षेत्र जुहुमा रहेको बङ्गलामा बस्छन्। चार शयन कक्षको यो बङ्गलामा जिम, स्विमिङ पुल, खेलकुद कोठा, पुस्तकालय र एउटा मिनी थिएटर छ। अजय देवगनाल शिव भक्त हुन्। त्यसैले अभिनेताले आफ्नो मुम्बईको बङ्गलाको नाम ‘शिव शक्ति’ राखेका छन् । अजयको यो बङ्गलाको मूल्य करिब ४८ करोड नेपाली रुपैयाँ रहेको छ । यसबाहेक अजयको लण्डनमा बङ्गला पनि छ । लण्डनको पार्कलेनमा रहेको बङ्गलाको मूल्य करिब ८८ करोड नेपाली रुपैयाँ छ ।

अजयले काजोलसँग १९९९ मा विवाह गरेका थिए । अजय र काजोलका दुई सन्तान न्यासा र युग छन् । उनीसँग भिजुअल इफेक्ट कम्पनी, प्रोडक्सन हाउस र देशभरि धेरै चलचित्र थिएटरहरू छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ