arrow

कस्तो छ राष्ट्रपति पौडेललाई ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
ramchandra-poudel-president-always.jpg
तस्बिर – फाइल ।

काठमाडौं । पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । पेटमा समस्या आएसँगै उनी शिक्षण अस्पताल महाराजगञ्जमा शनिबार साँझ उपचारका लागि भर्ना भएका हुन् । 

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिएका छन् । उनले भने, ‘ग्यास्ट्रिक हो । अलिकति समस्या देखिएको थियो । अहिले सामान्य हुँदैछ ।’

चिकित्सकको परामर्श चलिरहेको भन्दै उनले आज साँझसम्ममा राष्ट्रपति पौडेल डिस्चार्ज हुने जानकारी दिँदै भने, ‘सम्भवतः आज डिस्चार्ज हुनुहुन्छ ।’

यसैबीच राष्ट्रपति पौडेलको स्वास्थ्य बुझ्न उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालमा पुगेका छन् । 

पछिल्लो समय केही दिनदेखि निरन्तर कार्यक्रममा सहभागी भइरहेका पौडेलको दैनिकी परिवर्तन भएसँगै ‘ग्यासट्राइटिस’ को समस्या देखिएको हो । खानपिनमासमेत तालमेल नमिलेको देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ