arrow

प्रधानमन्त्री पुगे अस्पताल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
pm-prachanda-address-2.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । 

पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति पौडेललाई आज बिहान भेट्न टिचिङ पुगेका प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन् । 

 पेटमा समस्या आएसँगै राष्ट्रपति शिक्षण अस्पताल महाराजगञ्जमा शनिबार साँझ उपचारका लागि भर्ना भएका छन् । 

भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलको स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको छ ।

आज साँझसम्ममा राष्ट्रपति पौडेल डिस्चार्ज हुने सम्भावना रहेको प्रेस संयोजक खिला कार्कीले बताएका छन् । 

यसअघि उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का अस्पतालमा पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बारे जानकारी लिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ