arrow

सभामुखले खुवाए अन्सारीलाई शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
manju-sharma-ansari-oath.jpg

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य पदमा मञ्जु शर्मा अन्सारीलाई शपथ गराएका छन् ।  

आज सिंहदरबारमा सभामुख घिमिरेले अन्सारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। 

समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि रिक्त रहेको पदमा जनता समाजवादी पार्टी जसपाले अन्सारीको नाम सिफारिस गरेको थियो।

चैत ६ गते अन्सारीलाई प्रतिनिधि सभा सदस्य निर्वाचित गरेको घोषणा निर्वाचन आयोगले गरेको थियो। 

योसँगै अन्सारी  प्रतिनिधिसभामा समानुपातिक सांसद बनेकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ