arrow

सिरियाली सैन्य स्थलमा इजरायली आक्रमण

logo
सिन्ह्वा,
प्रकाशित २०७९ चैत १९ आइतबार
syria-bombing-israel.jpg

दमास्कस। इजरायलले शनिवार मध्यरातपछि मध्य सिरियाली प्रान्त होम्समा रहेका सैन्य स्थलमा मिसाइल आक्रमण गरेको सरकारी टिभीले जनाएको छ। सिरियाली हवाई प्रतिरक्षा प्रणालीले इजरायली  क्षेप्यास्त्रलाई लक्ष्य भेदनबाट रोकेको पनि उक्त टिभीले जनाएको छ।

सरकार समर्थक शाम एफएम रेडियोले होम्सको पश्चिमी ग्रामीण इलाकामा रहेको सैनिक शिविरमा भएको आक्रमणमा चार सैनिक घाइते भएको बताएको छ। आक्रमणबाट केही भौतिक क्षति पनि भएको छ। यद्यपि त्यसको विवरण सार्वजनिक गरिएको छैन।

बिहीबारदेखि सिरियाली सैन्य केन्द्रमा इजरायलले गरेको यो तेस्रो आक्रमण हो। इजरायलले केही समययता सिरियाली सेना र होम्समा रहेका इरान समर्थक समूहका सैन्य स्थलमा आक्रमण गर्दै आएको छ। तीन दिनअघि इजरायली आक्रमणमा परी इरानको शक्तिशाली रिभोलस्नरी गार्डस्का एक अधिकारी मारिएका थिए।



नयाँ