arrow

चीनको कुनमिङ नजिकै १९ व्यक्तिको हत्या

logo
प्रकाशित २०७३ असोज १३ बिहिबार
chinese_provinces-map.gif
साङघाई (चीन) । चीनको प्रहरीले बिहीबार १९ जनाको हत्या गरेको आशङ्कामा एक व्यक्तिलाई पक्राउ गरेको छ । 
 
युनान प्रान्तको कुनमिङ सहर नजिकैको एक गाउँका २६ वर्षीय याङ क्वीनपेईले आफ्नै गाउँका १९ जनालाई बुधबार राति आक्रमण गरी हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 
 
चीनको राष्ट्रिय समाचार संस्था सिन्ह्वाले बिहीबार बिहानै १९ जना गाउँले उनीहरुकै घरमा मृत अवस्थामा फेला परेका जनाएको थियो । मृतकमध्ये ११ जना पुरुष र आठ जना महिला रहेको बताइएको छ । मृतकमा तीन वर्षीया बालिकादेखि ७२ वर्षीया वृद्धा रहेका छन् । 
 
युनान प्रहरीले १९ जनाको मृत्यु भएको कुरा पुष्टि गरेको छ । यद्यपि यसमा कुनै आतङ्कवादी समूहको संलग्नता रहेको नभेटिएको चिनियाँ प्रशासनले जनाएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ