arrow

रविले भोलि उम्मेदवारी दर्ता गर्दै, आज सर्वोच्चमा रिट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
rabi-lamichhane.jpg
तस्बिर – फाइल ।

काठमाडौं । युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रिट निवेदन सर्वोच्च अदालतमा दिएका छन् । 

लामिछानेले राहदानी दुरुपयोग गरेको र यसविरुद्ध मुद्दा चलाउनुनपर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध आइतबार रिट निवेदन दिएको पौडेलले जानकारी दिए । उनले राहदानी दुरुपयोगको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै रिट निवेदन दिएको बताए । 

‘रवि लामिछानेले राहदानी दुरुपयोग गरेको सम्बन्धमा मुद्दा चलाउन र लामिछानेविरुद्ध मुद्दा चलाउनुनपर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएको छु,’ पौडेलले भने, ‘भोलि या पर्सीसम्ममा रिट दर्ता होला ।’ 

रवि लामिछानेले सोमबार चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा उम्मेदवारी दिँदैछन् । तर आज उनीविरुद्ध अदालतमा रिट परेको हो । 

यसअघि मंसिर ४ मा भएको निर्वाचनमा तेब्बर बढी मतले विजयी भएका रवि नागरिकता विवादमा फसेपछि सांसद पद गुमेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ