arrow

लोसपाले पनि जसपालाई सघाउने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
Rajendra-mahato-New.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले बारा–२ मा आफ्नो उम्मेदवारी नपर्ने स्पष्ट पारेका छन् । उनले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने जानकारी दिए । 

‘बारा–२ मा मेरो उम्मेदवारी पर्दैन,’ उनले भने, ‘गठबन्धनले उपेन्द्रजीलाई उम्मेदवार बनाएकाले हाम्रो पार्टीको पनि समर्थन उहाँलाई नै हुन्छ ।’ 

आगामी १० बैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुँदै छ । 

मधेस राजनीतिमा सबैभन्दा ठूलो शत्रुता जसपासँग भएको बताउँदै आएको लोसपाले अहिले भने उपेन्द्रलाई सघाउने बताएर मतदातालाई अचम्ममा पारेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ