arrow

गठबन्धनको उन्मुक्तिका तीन वटै निर्वाचन क्षेत्रमा अलग्गै उम्मेदवार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
nagarik-unmukti-party.jpg

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा तीन वटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ । 

सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो । 

सो पार्टीका नेता लक्ष्मण थारुका अनुसार बारा–२ मा रामचन्द्र चौधरी, चितवन–२ मा राजेश अधिकारी र तनहुँ– १ बाट भीम सुनारलाई पार्टीले उम्मेदवार बनाएको र सोमवार सबन्धित निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन गरिनेछ ।

 आज बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ