arrow

किन हार्दैछ पीएसजी ? यस्तो छ फ्रेन्च लिगको समीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
psg-2023-04-03.jpg
तस्बिर – फाइल ।

काठमाडौं । स्टार खेलाडीहरुले भरिएको फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फेरि अर्को पराजय भोग्नु परेको छ । शीर्षस्थानमा रहेको पीएसजी घरेलु मैदानमै लियोँसँग १–० ले पराजित भएको हो । 

ब्राडले बारकोलाले गरेको गोल निर्णायक बन्यो । उनले ५६औं मिनेटमा साइल कुमबेडीको पासमा गरेको गोल जितका लागि काफी बन्न पुग्यो । 

पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा घरेलु टोली पीएसजीले पाहुना टोलीमाथि दवाव बढाए पनि गोल गर्न नसक्दा समग्र खेलमा दोस्रो पराजय बेहोर्नु परेको हो । पीएसजी यसअघि रेनेससँग २–० ले पराजित भएको थियो ।

 यस जितसँगै लियोन २९ खेलबाट ४४ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ भने पीएसजीले शीर्ष स्थानमा कायमै राखे पनि पराजयसँगै अग्रता बढाउनबाट भने चुकेको छ ।

 शीर्षस्थानमा रहेको पिएसजीको २९ खेलबाट ६६ अंकमा छ ।

अंक समीकरण
लिगमा २९ चरणको खेल सकिँदासम्म पीएसजी ६६ अंकसहित शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानको लेन्सको ६० तथा तेस्रो स्थानको मार्सेको ६० नै अंक छ । 

चौथो मोनाकोको ५७, पाँचौं लिलको ५२ तथा छैटौं रेन्नेसको ५० अंक छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ