arrow

भारतीय ग्याँस  ट्याङ्कर इच्छाकामनामा पल्टियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
gas-tank.jpg

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा एलपी ग्याँस बोकेर गइरहेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ । 

मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ७० डिटी ६०५५ नम्बरको ट्याङ्कर पल्टिँदा नाम, थर र ठेगाना नखुलेका पुरुष व्यक्तिको घटनास्थलमानै मृत्यु भएको हो । 

ट्याङ्करमा सवार दुई जना घाइते भएका छन् । घाइते हुनेमा भारतको वरौजी बस्ने २९ वर्षीय राम वतन ताती  र अर्का एक जना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

तातीको स्थानीय ट्रमा सेन्टर कुरिनटारमा उपचार भइरहेको छ । अर्का एक जनाको अवस्था गम्भीर रहेको  कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । 

उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनका अनुसार दुर्घटना आज बिहान ६ बजे भएको हो । ट्याङ्कर अनियन्त्रित भएर सडक छेउमा पल्टिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ