arrow

रविको उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
ravi-candidacy-register.jpeg

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा उम्मेदवारी दर्ता गरेका छन् । आगामी १० बैशाखमा हुन लागेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि बिहान लामिछानेले मनोनयन दर्ता गरेका हुन् ।

१० बैशाखमा चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ । जसको सोमबार मनोनयनका लागि समय तोकिएको छ ।

यसअघि उनको नागरिकता विवादमा दोषी पाइएपछि सांसद पद गएको थियो । अहिले उनकै क्षेत्रमा उपनिर्वाचन भइरहेको हो । 

भरतपुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विहान १०ः१५ बजे पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावक राष्ट्रिय स्वतन्त्र पार्टीको भरतपुर महानगरपालिकी सभापति सीता ज्ञवाली र समर्थक भरतपुर महानगरपालिका– वडा नं ११ सभापति विक्रम श्रेष्ठ रहेका छन् ।

 सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठ, एमालेको तर्फबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, राप्राको तर्फबाट जिवलाल पुरी र  राष्ट्रिय जनमोर्चा तर्फबाट उपाध्यक्ष जनकराज शर्माले पनि उम्मेद्वारी दिँदैछन् । 

उपनिर्वाचनका लागि आज मनोनयन दर्ता रहेको छ । २१ गते उमेद्वारको दाबी विरोधको समय रहेको छ । २२ गतेसम्म उम्मेद्वारी फिर्ता लिन सक्नेछन् ।

चैत २३ गते मनोनयनको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ। चितवन निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार ६९५ मतदाता रहेका छन् । मतदान स्थल ४३ र मतदान केन्द्र १ सय ३८ छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ