arrow

राष्ट्रपति पौडेल अझै अस्पतालमै, धपेडीले निम्त्यायो ग्यासट्राइटिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
ramchandra-poudel-president-always.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अझै पनि अस्पतालमै रहेका छन् । उनी गत शनिबार साँझ पेटमा समस्या आएपछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका छन् । 

धपेडीका कारण उनलाई ग्यासट्राइटिस (बोलीचालीको भाषाका ग्याट्रिक) भएर पेट दुखेको उपचारमा खटिएका चिकित्सकलाई उधृत गर्दै उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । उनको स्वास्थ्य सामान्य हुँदैछ । 

सम्भवतः आज साँझसम्म उनी डिस्चार्ज हुनेछन् । राष्ट्रपति बिरामी भएपछि उनलाई भेट्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रीहरु, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत अस्पतालमा पुगेका थिए । 

उनी डेढ महिनोखि धपेडीमा छन् । राष्ट्रपतिको निर्वाचनदेखि उनी अनवरत काममा छन् । राष्ट्रपति भइसकेपछि पनि दैनिक भेटघाटका कार्यक्रममा सहभागी हुँदा उनले आराम पाउन सकेका छैनन् । 

अहिलेसम्म उनी शुभकामना लिनमै व्यस्त छन् । त्यस्तै उपत्यका बाहिर गोरखा दरबार पुगे भने गोरखकाली मन्दिरमा दर्शन गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ