arrow

पोखरामा आईएमई ग्रुप अन्तर्गतको अशोक लेल्यान्डको नयाँ शोरुम र सर्भिस सेन्टर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
Pokhara Showroom Launch (3).jpg

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालीद्वारा प्रवद्र्धित अशोक लेलैण्डले पोखरामा आफ्नो स्टाइलिस, बेस्ट–इन–क्लास शोरुम र स्टेट–अफ–द–आर्ट सर्भिस सेन्टरको शुरुआत गरेको छ ।

ग्राहकहरूका लागि नयाँ र समसामयीक सेटअपहरू प्रस्तुत गर्दै आइरहेको आइएमई मोटर्स–अशोक लेल्यान्डले नेपाली बजारमा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने अर्को थप कदमको रुपमा यो कार्य अगाडि बढाएको हो । 

पोखरा–बाग्लुङ राजमार्गको पर्स्याङमा रहेको अशोक लेल्यान्डको देशभर उत्कृष्ट नेटवर्क उपलब्ध रहेको दाबी गरिएको छ । अशोक लेल्यान्डका पहिले नै देशभर १८ आउटलेट छन् भने निकट भविष्यमै ४ थप आउटलेट सञ्चालनमा आउँदै छन् । त्यसैगरी हाल देशभर ४८ स्पेयर पार्ट्स आउटलेट छन् भने २० आउटलेट सञ्चालनमा छन् । 

शोरुम र सर्भिस सेन्टरको उद्घाटन गर्दै आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले भने, ‘‘हाम्रो प्रतिवद्ध ग्राहक केन्द्रीत रणनीतिको एक हिस्साका रूपमा हामी हाम्रो डिलरशिप नेटवर्क विस्तार गर्न सधैं तत्पर छौं । नेपालका सबै प्रमुख सहरहरूमा फैलिएको हाम्रो विद्यमान व्यापक नेटवर्कमा नयाँ आउटलेटहरूलाई स्वागत गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं । थप भएका यी आउटलेटहरूले ग्राहकहरुलाई सजिलो र सहज पहुँच प्रदान गर्ने मात्र नभई ग्राहकहरूलाई विश्व स्तरको अनुभव पनि दिनेछ ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ